पोखरा १९ भदौ । पदक विजेता खेलाडीलाई आधा दर्जन सघसंस्थाले सम्मान गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, जिल्ला खेलकुद बिकास समिती कास्कीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा खेलाडीहरुलाई युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार र राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्टले सम्मानपत्र सहित माला लगाएर नेपाली प्याराग्लाइडिङ पाइलट विमल अधिकारी (टिम क्याप्टेन), बिशाल थापा, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम प्याराग्लाइडिङ प्रशिक्षक योगश भट्टराई, प्रशिक्षक सानुबाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत, महिला खेलाडीहरुलाई सम्मान गरे । खेलाडीको सम्मानका लागी मन्त्री सुनार र सदस्य सचिव विष्ट मंगलबार विहानै पोखरा आएका थिए ।


कार्यक्रममा नेपाल ह्याङग्लाइडिङ तथा प्याराग्लाइडिङ संघ (नेफा), नेपाल हवाइ खेलकुद संस्था (ना), प्याराग्लाइडिङ पाइलट क्लब, नेपाल खेलकुद पत्रकार मंच कास्की, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ कास्कीले सम्मानपत्र सहित खादा, माला गाएर सम्मान गरेका थिए । सोही कार्यक्रममाम मदन भण्डारी फाउण्डेशन गण्डकी प्रदेश संयोजक राजेश गुरुङले ५० हजार रुपैयाँ सहित सम्मान गरे ।

 

राष्ट्रिय खेलकुद परिषदका पूर्व केन्द्रीय सदस्य गुरुङले खेलाडीहरुलाई हौसला प्रदान गर्न नगद सहित सम्मान गरेको बताए । सोही कार्यक्रममा भूतपूर्व खेलाडी मञ्च नेपालले नगद ५० हजार सहित पदक विजेता खेलाडीलाई सम्मान गरेको छ । मञ्चका पूर्व अध्यक्ष एवं ह्याण्डबलका अध्यक्ष तेजबहादुर गुरुङ, अध्यक्ष खडगबहादुर रानाभाट लगायतले नगद ५० हजार रुपैयाँको चेक खेलाडीहरुलाई हस्तान्तरण गरे । एशियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रो पटक रजत जितेको हो । इण्डोनेसियामा सम्पन १८ औँ संस्करणको एशियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रस कन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत जित्दै पदक विहिनता तोडेको थियो । यसअघि सन् १९९८ मा थाइल्याण्डको बैककमा भएको एशियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् ।

Like Us - Facebook