म्याराथन भन्ने वित्तिकै नेपाली खेलकूदमा एउटा यस्तो संस्कृती छ यो दौडने खेल हो र जित्नेले पुरुस्कार पाउँछन । पोखरा म्याराथनले अब यो वर्ष १४ औं संस्करण पार गर्दैछ । जती जती पोखरा म्याराथन अगाडी बढ्दैछ त्यती त्यती यसमा नयाँ पाटाहरु जोडिदैं जान थालेका छन ।
१३ औं संस्करणमा जब पोखरा म्यारथनले विश्वका केही ठूला शहरहरु जस्तै यूके, हङकङ, वोष्टन र ह्याम्पशायर जस्ता ठाउँमा बसेका नेपालीले यसलाई गौरवको रुपमा लिए तब यसले नयाँ गति पायो । ति देश बाट आएका केही मध्ये च्यारिटी रनको रुपमा दौडिए । ति मध्ये एक थिइन पूर्व राष्ट्रिय भलिबल खेलाडी मञ्जु गुरुङ । उनी व्रेष्ट क्यान्सर जस्तो रोगलाई जितेर खेल मार्फत सामाजिक अभियानमा जुटिरहेकी छन ।
गत संस्करणमा मञ्जु पोखरा आइन । पोखरा म्याराथनलाई उनले च्यारिटी दौडका रुपमा लिइन । त्यसमा ३ लाख भन्दा वढी संकलन गरिन । उनले उक्त रकम क्यान्सर रोगका विरुद्ध सामाजिक अभियानको संस्थालाई हस्तान्तरण गर्दैछिन । यो एउटा उदाहरण मात्र रहेको बताउँछन पोखरा म्याराथनको आयोजक संस्थाका अध्यक्ष तेज गुरुङ । विश्वमा यस्ता च्यारिटीका दौडने संयौ हुन्छन । उनीहरुको आ–आफ्नै सामजिक अभियानको विषय समेटिएको हुन्छ ।
गत संस्करणकै कुरा गर्ने हो भने पनि कास्कीको माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङको सहितको टोली माछापुच्छ्रे हिमाल आरोहण खुल्ला गर्न अभियानका साथ दौडिए । यो नेपाली म्याराथन संस्कृतीमा नौलो कुरा थियो । यो पुरुस्कार जित्न र पहिलो हुनका लागि थिएन तर सन्देश भने बोकेको थियो ।
यो वर्ष फागुन ३ गते आयोजना हुने पोखरा म्याराथन समेत धेरै नयाँ विषय जोडिने बताउँछन अध्यक्ष गुरुङ । यूके बाट च्यारिटी दौडन आउँदैछिन यस पटक पनि मञ्जु गुरुङ । उनी संगै आउँदैछन धावक पाण्डब महतो । महतोको स्थायी घर सिरहा भए पनि बेलायतमानै बस्छन । उनी पनि क्यान्सर रोगलाई जितेर यस्तै सामाजिक अभियानमा जुटिरहेका छन । मञ्जु र महतोको पोखरा म्याराथनमा दौड स्वास्थ्यका क्षेत्र बाट हेर्दा पनि उत्तिकै महत्वपूर्ण रहको भनाई राख्छन पोखरा म्याराथनका प्रतियोगिता संयोजक हरि प्रसाद पराजुली ।
बेलायत बाट गत वर्ष पोखरा म्यारथनमा सहभागिता निकै बाक्लो थियो । त्यो यस बर्ष पनि जारी रहने पोखरेली मञ्च यूकेका अध्यक्ष मान प्रसाद गुरुङले बताए । हङकङ होस वा वोष्टन, चिन, जापान होस वा कोरिया यो पटकको पोखरा म्याराथनमा धेरै नेपाली र विदेशीहरु पोखरा म्याराथन दौडनमात्रै नभई भ्रमण वर्ष २०२० का लागि पोखरा आउँदैछन । त्यसैले पनि पोखरा म्याराथन खेलकूद मार्फत पर्यटन प्रवर्धन गर्ने मुख्य खेलकूदका रुपमा रहेको मञ्चका सचिब कृष्ण तिमिल्सिनाले बताए ।
१४ औं सस्करणको पोखरा म्याराथनमा ‘वर्ल्ड पिस रन’ का धेरै सदस्यहरुले पोखरा म्याराथनलाई शान्तीका लागि दौडका रुपमा उपयोग गर्ने बताईएको छ । वर्ल्ड पिस रनको टोली एउटा उद्धेश्यका साथ पोखरा म्याराथनमा सहभागिता जनाउने बताउँछिन नेपालकी संयोजक स्वेता प्रधान । वर्ल्ड पिस रन एउटा रिले अभियान दौडका रुपमा रहनेछ । विश्वका धेरै मुलुकहरुमा यस्तो दौड सम्पन्न भएको र नेपालमा समेत पोखरा म्याराथनमा सहभागिता एउटा सोही अन्तरगतको रहने उनले बताइन । उक्त अभियानका लागि १२ भन्दा वढी देशका २० जनाको सहभागिता रहनेछ ।
पोखरा म्याराथन जति जति अगाडी लम्किैदैछ त्यती यसको औचित्य र पुष्टायाँई पनि थपिदैछ । विश्वका म्याराथन संस्कृती पनि पोखरा म्यारथन संग ठोक्किन आइपुगेका छन । यो खुसीको हुरा हो । तर यो आयोजनाका पछाडीका कथा र व्याथा धेरैनै छन । न त महानगरले यो हाम्रो हो भन्न सकेको छ न त गण्डकी प्रदेश सरकारलेनै । खर्च ठूलो छ । शहर चिनाउन यस्ता प्रतियोगिताले पक्कै महत्व दिन्छ तर शहर र देश थामेर बसेकाहरुले यसको औचित्य बारे थाहा नपाउँदा कहिँ कतै भविष्यमा खुर्पाको विँड जस्तै नह
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired