पोखरा । फागनु ७ गते पोखरामा सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजना गरिदैँ छ । भूतपूर्व खेलाडी मञ्च नेपालले वर्षेनी गर्दै आईरहेको उक्त म्याराथनको सम्पुर्ण तयारी पुरा भएको छ ।
प्रजातन्त्र दिवसका अवसरमा ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ पोखराका लागि’ भन्ने नारा सहित बिहान ६ः३० बजे रंगशलामा सुरु हुने कार्यक्रममा करिव ५ हजार धावकहरुलाई संलग्न गराउने आयोजकको लक्ष्य रहेको छ ।
अत्याधिक आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गण्डकी प्रदेशमा भित्र्याउने प्रदेश सरकारको लक्ष्यप्रति यो खेलका माध्यमले केही हदसम्म टेवा पुग्ने आशा राखिएको छ । प्रदेश सरकारले आफ्नो वार्षिक उत्सव पनि शनिबार मनाएको छ ।
प्रदेश सरकारले तय गरेका योजनालाई पुर्ण गर्न खेलकुदले पनि महत्वपुर्ण भुमिका खेल्ने विश्वास गरिएको छ ।
त्यसैले त प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी वर्षबाट पोखरा म्याराथनको पुरस्कार १० हजार अमेरिकी डलर पु¥याउन निर्देशन दिएका छन् । यसको मतलव म्याराथनलाई प्रदेश सरकारले सहजै स्वीकार गरेको छ । प्रदेश सरकार प्रमुख संरक्षक र पोखरा महानगरपालिका संरक्षकको भुमिकामा छ ।
१३ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन भईरहँदा यो कार्यक्रमलाई सफल पार्न थुर्पै संघसंस्था देखि लिएर देशविदेश बस्ने नेपालीहरुको सहयोग मिलेको छ ।
पोखरेलीहरुको गौरव कार्यक्रम : धनबहादुर नेपाली, प्रवत्ता पोखरा महानगरपालिका
पोखरा पोखरेलीहरुको लागि मात्र नभईकन देश भरिका जनताहरुका लागि सुन्दर शहरको रुपमा परिचित शहर हो । विश्व भरिका कयौँ पर्यटकहरु पोखरामा भ्रमण गरिरहेका हुन्छन् । खास गरि ‘दौडौँ स्वास्थ्यका लागि, दौडौँ पोखराका लागि’ भन्ने नारा सहित म्याराथन हुँदैछ ।
यसले स्वाभिक रुपमा विश्वको ध्यानाकर्षण गर्दैछ, पर्यटन प्रर्वद्धन गर्दैछ । स्थानीय, प्रदेश, संघीय तिनै तहका सरकारलाई यो क्षेत्रमा सोच्न पनि म्याराथनले ध्यानाकर्षण गराउने मैले ठानेको छु । यो पोखरेलीहरुको लागि गौरवको कार्यक्रम हो ।
खासगरि स्वास्थप्रति हामी जिम्मेवार बन्नुपर्छ भन्ने मुल सन्देश बोकेको कार्यक्रम हो भन्ने मलाई लाग्छ । पोखरा महानगरपालिकाले पनि हरेक तरिकाले सहभागी जनाउँदै छ । सुचनाको कुरा होस् अथवा पोखरालाई सरसफाई गरेर सन्देश दिने कुरा होस् । यसको व्यवस्थापनलाई सहयोग गर्ने कुरामा आर्थिक, भौतिक, नैतिक, सुचना सबै क्षेत्रबाट हामी सहयोग गर्न तयार छौँ र गरिरहेका पनि छौँ ।
स्वस्थ जीवनयापनका लागि म्याराथन : मन्जु गुरुङ, पूर्व राष्ट्रिय महिला भलिबल खेलाडी
पोखरा म्याराथनमा मेरो सहभागिता भनेको स्वास्थ्यको सन्देश फैलाउने हो । म आफैँ रोगी छु । मलाई ब्रेस्ट क्यान्सर भएको थियो । तर आत्मबल दरिलो गराउन मैले खेलकुद क्षेत्रलाई रोजे । अहिले म ठिक छु । स्वास्थ के रहिछ भन्ने कुरा मैले भोगेको छु । त्यसैले खेलकुदबाट नै स्वस्थ सम्भव छ ।
स्वस्थ जीवनयापन नै समृद्धिको आधार हो । खेलकुदका माध्यम दैनिक व्यायाम भईरहेको छ । स्वस्थ जीवनयापन निर्वाह गर्न खेलकुदलाई नै रोजौँ । पोखरा म्याराथनको आयोजक संस्था भूपू खेलाडी मञ्च नेपालको सदस्य भएर काम गर्न पाउँदा म आफै गौरवान्वित छु । मेरा लागि त अझ यो ठूलो अपरचुनिटी थियो र हो ।
राष्ट्रको आर्थिक उन्नतिका लागि पोखरा म्याराथन : तेज गुरुङ, अध्यक्ष भूतपूर्व खेलाडी मञ्च नेपाल
पोखरा म्याराथन हामीले गर्नुको मुख्य उदेश्य भनेको आम नागरिकलाई स्वस्थ जीवनयापन सम्बन्धी चेतना फैलाउनु नै हो । यसका अलवा पोखरा सँगसँगै सिङ्गो गण्डकी प्रदेश र राष्ट्र कै आर्थिक उन्नतिमा टेवा पु¥याउनु पनि म्याराथनको लक्ष्य हो ।
स्पोर्टस टुरिजमका माध्यम धेरै पर्यटकहरुलाई म्याराथनमार्फत हाम्रो शहर, देशमा आमन्त्रण गरेर ठूलो आर्थिक उपलब्धी गर्नु हो । जुन अहिले संसार भरिको अन्तर्राष्ट्रिय चलनको रुपमा विकसित भएको छ ।
हाम्रो शहरको नाममा वर्षमा एकचोटी ठूलो उत्सवको रुपमा लिएर देश विदेशबाट पर्यटकहरु भित्रयाउने विषयलाई निरन्तर गर्न खोजेका हौँ ।
पोखरा म्याराथनको १३ औ संस्करणमा आउँदा गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको मूख्य संलग्नताले हामीलाई झन् उत्साह मिलेको छ । पोखरा म्याराथन हामी सबैको कार्यक्रम हो । यसलाई सफल पार्न आ—आफ्नो स्थरबाट सम्पुर्ण पोखरेलीहरुलाई सहयोग गर्न मेरो अनुरोध छ ।
पोखराको परिचय पोखरा म्याराथन : खड्कप्रसाद रानाभाट, संस्थापक अध्यक्ष भूतपूर्व खेलाडी मञ्च
पोखराको परिचय बनिसकेको छ पोखरा अन्तराष्ट्रिय म्याराथन । २०५८ सालमा भूतपूर्व खेलाडी मञ्च नेपालको दर्ता ग¥यौं ।
त्यतिबेला हामीलाई लाग्यो केही नयाँ कार्यक्रम गर्नुपर्छ, जुन कार्यक्रम दिगो पनि होस् र सिङ्गो पोखरा तथा राष्ट्रको उन्नतिका निम्ति पनि होस् । फलस्वरुप हामीलाई थाहा थियो संसारमा कुनै पनि शहरको परिचयका तथा राष्ट्रका परिचयका निम्ति म्याराथनले पारेको प्रभावका विषयमा ।
हामीले पनि म्याराथन नै रोज्यौँ, जुन अहिले १३ औ संस्करण सम्म पुगिसकेको छ । पहिले म्याराथान सुरु गर्दा हामीसँग जम्मा ६२ जना धावकहरु थिए । अहिले हामीले ५ हजार धावकहरु आमन्त्रण गर्ने लक्ष्य राखेका छौँ । थुपै्र चुनौती पार गर्दै मञ्च यो स्थानमा आएको हो । अहिले हामीलाई कार्यक्रम सम्पन्न गर्न देश विदेशबाट सहयोग प्राप्त भईरहेको छ । यसरी सबैको माया पाउँदा खुसी लाग्छ । पोखरा म्याराथन तपाईँ हाम्रै म्याराथन हो यसलाई सबै मिलेर सफल पारौँ ।
म्याराथनका माध्यम मातृभुमिको पहिचानका निम्ती हाम्रो सहयोग : मान प्रसाद गुरुङ, अध्यक्ष पोखरेली मञ्च युके
हामी विदेशमा रहँदा त्यहाँ आयोजना हुने यस्ता कार्यक्रमले हामीलाई पनि मातृभुमिको याद दिलाउँछ । हाम्रो देशको पहिचान पनि कुनै क्षेत्रमार्फत गराउन पाए हुने थियो भन्ने लाग्छ । फल स्वरुप पोखरा अन्तर्राष्ट्रिय म्याराथन मार्फत उक्त कुरा सम्भव देखिएकाले हामी युकेमा बस्ने नेपाली दाजुभाईहरुको सहयोगमा गठित पोखरेली मञ्च युकेद्वारा सहयोग गर्दै आएका हौँ ।
पोखरा अन्तर्राष्ट्रिय म्याराथनले राम्रो क्षाप बसालेको छ । विदेशमा बस्नुभएका नेपाली र स्वदेशमा बस्नुभएका नेपालीबीचको सम्बन्धको पुलको रुपमा पनि पोखरा अन्तर्राष्ट्रिय म्याराथन जोडिएको छ । राष्ट्रको समृद्धिका लागि हो हाम्रो सहयोग । भविष्यमा पनि आउने पुस्ताले पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई निरन्तत्रता दिदैं जाउस् मेरो शुभकामना छ ।
Safal Pokhara International Marathon 2075 Tvc
Let’s join in Safal Pokhara International Marathon 2075.
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.
दौडौ स्वास्थ्यको लागि
Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.
Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair
- Visually impaired