पोखरा, १२ फागुन l भुतपूर्व खेलाडी मंच नेपालले १२ औ पोखरा म्याराथन सफलतापूर्वक सम्पन्न भएकोमा सबैमा धन्यबाद व्यक्त गरेको छ ।

मंचका अध्यक्ष तेज गुरुङले शनिबार एक प्रेस विज्ञप्ती मार्फत सबैमा धन्यबाद ज्ञापन गरेका हुन । सिटि म्याराथनको अवधारणा अनुरुप यस सुन्दर नगरी पोखरालाई खेलकूदको गन्तव्य स्थलका रुपमा खेलकूद पर्यटन प्रवद्र्धनका लागि १२ औ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगीता भव्यता पूर्वक सम्पन्न भएकोमा हामी सबैलाई लाई धन्यबाद दिन्छौ अध्यक्ष गुरुङले जारी गरेको विज्ञप्तीमा भनिएको छ । पोखरा शहरको उत्सवमा रुपमा आयोजना हुँदै आएको पोखरा म्याराथन विगत केही वर्षदेखि सुजल डेरीको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा १२ औं श्रृङ्खला पूरा गरी सकेको छ ।

नेपालका विभिन्न क्षेत्र, जिल्ला, नगर र गाउँका कूना कन्दरामा रहेका प्रतिभावान खेलाडीहरुको प्रतिभा प्रष्फुटन गराउने र उनीहरुको क्रियाशिलता सँगै राष्ट्रिय एकता, आपसी समझदारी, भातृत्वको भावना विकास गराई सुन्दर शान्त पोखरा शहरलाई विश्व सामु चिनाउन तथा खेलकुद मार्फत पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने हेतुले “दौडौ स्वास्थ्यका लागि, दौडौ पोखराका लागि” भन्ने मूल नाराका साथ अगाडि बढेको र यो कार्यक्रमलाई निरन्तरता दिदैं आगामी वर्ष थप भव्यताका साथ १३ औ पोखरा म्याराथन आयोजना गर्ने तयारीमा जुटने मंचले जनाएको छ ।
म्याराथन भव्य रुपमा सम्पन्न गर्न भस्मिका खेल्ने मूख्य प्रायोजक सफल दूध, सह–प्रायोजकहरु गण्डकी विकास बैंक, लुम्बिनी विकास बैंक, पोखरा लेखनाथ महानगरपालिका, राष्ट्रिय खेलकूद परिषद्, सहयोगीहरु जिल्ला तथा क्षेत्रीय खेलकूद विकास समिति, सहारा यू.के., हिमेक्स नेपाल, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, साइकल सिटी पोखरा, कर्मचारीहरु, पत्रकारहरु, शैक्षिक संघ संस्थाहरु, सामाजिक संघ संस्थाहरु, आमा समूह, टोलविकास संस्था, स्वास्थ्य संस्था, रेडक्रस कास्की, पर्यटन क्षेत्र, विभिन्न समाजहरु, फिजियो थेरापी एसोशियसन कास्की लगायत सम्पूर्ण पोखरेली हरुमा क्षेत्रबाट विभिन्न विधाको दौड प्रतिस्पर्धामा प्राथमिकताका साथ सहयोग र सहभागिताका लागि हार्दिक आभार व्यक्त गर्दै सधै यस्तै सहयोगको अपेक्षा सहित मंचले धन्यवाद व्यक्त गरेको छ ।

Like Us - Facebook