पोखरा (हाम्रो खेलकुद) – तेज गुरुङ नेपाल भुतपूर्व खेलाडी मंचको नयाँ अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको शुक्रबार सम्पन्न पाँचौ अधिवेशनले गुरुङलाई अध्यक्षमा निर्वाचित गरेको छ । नेपाल ओलोम्पिक कमिटीका सदस्य गुरुङ नेपाल ह्याण्डबल संघका अध्यक्ष हुन् । यस अघि उनी मञ्चको प्रथम उपाध्यक्ष थिए । अधिवेशनले खेम गुरुङलाई महासचिवमा निर्वाचित गरेको छ ।

अधिवेशनले मंचको प्रथम उपाध्यक्षमा हरी प्रसाद पराजुली, द्वितिय उपाध्यक्षमा दिल वहादुर गुरुङ, सचिवमा कृष्ण तिमिल्सिना, कोषाध्यक्षमा मञ्जुलमान श्रेष्ठ, सह–कोषाध्यक्षमा महेश पौडेल चयन भए । सदस्यहरुमा दिनेश श्रेष्ठ, केशव पाठक, जुम गुरुङ, तिलक केसी, विश्व तञ्डुकार, योगेन्द्र बस्नेत, ओम बहादुर गुरुङ, हरी बहादुर वरुवाल, हरीश्वर पोख्रेल, भरत कुमार आले र पुष्पा श्रेष्ठ छन् ।
त्यसअघि पश्चिम पृतना उपरथी जगदिश चन्द्र पोखरेलले अधिवेशन उद्घाटन गरेका थिए । मंचका निवर्तमान अध्यक्ष खड्ग रानाभाटको अध्यक्षतामा भएको कार्यक्रमलाई एन.आर.एन युकेका अध्यक्ष मुछेत्र गुरुङले अधिवेशनको सफलताको शुभकामना दिएका थिए ।
मञ्चले पोखरामा हरेक वर्ष अन्तराष्ट्रिय पोखरा म्याराथनलाई आयोजना गर्दै आइरहेको छ । मञ्चले पोखरा रंगशालाको पर्खाल निर्माण गरि रंगशाला संरक्षणको अग्रसरता लिएको थियो । पूर्व खेलाडीहरुको संस्थाको रुपमा परिचित भूतपूर्व खेलाडी मंचमा २ सय जना अजिवन सदस्य रहेका छन् ।

Like Us - Facebook