नेपाल भूतपूर्व खेलाडी मंच नेपालले हरेक वर्ष पोखरामा आयोजना गर्ने पोखरा म्याराथनलाई पोखरेली मंच यूके सघाउने भएको छ ।

मंचले मंगलबार एक कार्यक्रम आयोजना गरी पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक बहादुर गुरुङलाई स्वागत गरेको छ ।

 सो अवसरमा समाजसेवी तथा शिक्षासेवी महेश गुरुङ र खेलाडी मंचले आयोजना गर्ने पोखरा म्याराथनलाई भव्य रुपमा सम्पन्न गर्न पोखरेली मंच यूकेले सहकार्य गर्ने बताएका छन । उनले पोखरा म्याराथनलाई पोखराको सम्पतीको रुपमा ग्रहण गर्नुपर्ने धारणा अघि सार्दै भने–“म्याराथनमा यूके बाट खेलाडीहरुको सहभागिता मात्रै होइन पुरुस्कार राशीलाई अझै आर्कषक बनाउन सहयोग रहनेछ।”

पोखरा म्याराथनमा पोखरेलीको उत्साहजनक सहभागिता र सर्मथनले देश विदेशमा बस्ने सबैलाई हौसाएकोले पोखरेली मंचले खेलाडी मंचलाई सहयोग गर्नु पर्ने तर्फ सोच बनाएको सल्लाहाकार गुरुङले बताए । उनले पोखरेली मंचका अध्यक्ष मान गुरुङको भनाइलाई उद्धृत गर्दै म्याराथनलाई सुदृढ बनाउन यस वर्ष देखि खेलाडी मंचलाइ सक्दो सहयोग गर्ने समेत बताएका छन ।

सो अवसरमा यूके पोखरेली मंचका सल्लाहाकार लोक बहादुर गुरुङले पोखरा म्याराथनलाई पोखरेली मंचले सहयोग गर्ने मात्र नभई समाज सेवा र खेलकुदमा लामो समय देखि कार्य गरिरहेकोले भूतपूर्व खेलाडी मंचको अजिवन सदस्यता यूकेमा विस्तार गर्ने बताए ।
भूतपूर्व खेलाडी मंचको पूर्व कोषाध्यक्ष र अजिवन सदस्य रहेका लोक गुरुङले पोखरेली मंचका अध्यक्ष मान गुरुङको संयोजकत्वमा गठन हुने भूतपूर्व खेलाडी मंच यूकेले सदस्यता विस्तारका लागि पहल गरिने जानकारी समेत दिए ।

पोखरेली मंच युकेका कोषाध्यक्ष र मंचका अजिवन सदस्य कमल गुरुङले भूतपूर्व खेलाडी मंच यूकेको विस्तार पश्चात पोखरा म्याराथन लगाएत अन्य सामाजिक कार्यमा ठूलो सहयोग पुग्ने बताएका छन ।

पोखरेली मंच यूकेले आफ्नो स्थापनाको छोटो समयमा नै २०–२० क्रिकेट, हाइकिङ सेमीनार लगाएत अन्य रचनात्मक समाजसेवाका कामहरु गरिरहेको छ ।

भूतपूर्व खेलाडी मंचका अध्यक्ष तेज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा मंचका प्रथम उपाध्यक्ष हरि पराजुली, महासचिब खेम गुरुङ लगएतले हालै पोखरा आएका पोखरेली मंच यूकेका सल्लाहाकार द्वय महेश गुरुङ र लोक गुरुङलाई स्वागत गरेका थिए । मंचले हरेक वर्ष फागुन ७ मा पोखरा म्याराथन आयोजना गर्दछ ।

 

Safal Pokhara International Marathon 2075 Tvc

Let’s join in Safal Pokhara International Marathon 2075. 
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.

दौडौ स्वास्थ्यको लागि

Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.

Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon 
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair 
- Visually impaired

 

 

Like Us - Facebook