पोखरा न्युज – ०७ फागुन । १२ औं सफल पोखरा अन्तराष्ट्रिय म्याराथनमा विभागिय धावकहरुको बर्चश्व रहेको छ । पोखरामा सोमबार सम्पन्न १२ औं पोखरा म्याराथनको उपाधी नेपाल प्रहरीका भुमिराज राईले हासिल गरेका छन । उनले ४२.१९५ किलोमिटरको दुरी २ घन्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पुरा गरका थिए । जित संगै उनले नगद ७० हजार प्राप्त समेत गरे ।

यसै गरि नेपाली सेनाका हरी कुमार रिमालले २ घन्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दुरी पार गर्दै दोश्रो हुँदै नगद ४५ हजार प्राप्त गरे । नेपाली सेनाका लाल बहादुर थापाले २ घन्टा ३९ मिनेट ३२.४ सेकेण्डमा आफ्नो दौड पुरा गर्दै तेश्रो भए । उनले नगद ३५ हजार पाए । यसै गरि शसस्त्र प्रहरी गणेश ठकुरी २ घन्टा ४५ मिनेट ४५.२ सेकेण्डमा चौथो हुँदै सान्त्वना स्वरुप नगद ५ हजार प्राप्त गरे । पोखरा म्याराथनमा १ सय १३ जना सहभागी रहेका थिए ।



१० किलोमिटर पुरुष तर्फको क्याटोगरीमा नेपाली सेनाले बाजी मारेको छ । यस तर्फ नेपाली सेनाका रामजी बस्नेत प्रथम, कल्याण बानिया द्वितिय र मिलन कार्की तृतिय भए । उनिहरुले क्रमश नगद १५, १० र ५ हजार प्राप्त गरेका थिए । पुरुष १० किलोमिटर दौडमा ५ सय २१ जनाको सहभागिता रहेको थियो । यसै गरि १० किलोमिटर महिलादौडमा सहभागी ६३ जनालाई उछिन्दै शसस्त्र प्रहरी बलकी बिन्द्रा धन्के श्रेष्ठ प्रथम भइन । यसैगरि नेपाली सेनाकी सरीता बाशी दोश्रो र शसस्त्र प्रहरी बलकी स्वास्तिका श्रेष्ठ तेश्रो भइन । उनिहरुले क्रमश नगद १५, १० र ५ हजार प्राप्त गरे ।

५ किलेमिटर छात्र तर्फ ८ सय ५१ जना प्रतिष्प्रर्धीलाई उछिन्दै जेशिज मावी भक्तपुरका सागर श्रेष्ठ प्रथम भए । यसै गरि ड्याफोडिल माबी पोखराका मनिस कार्की दोश्रो भ एभने श्री जन सेवा माबीका मदन ओलीले तेश्रो स्थान हात पारे । बिजेताहरुले क्रमश नगद १०, ७ र ४ हजार प्राप्त गरेका थिए । सोही बिद्याको छात्रा तर्फ श्री लक्ष्मी सेकेण्डरी माबीकी ललिता लामिछो प्रथम भइन भने सहिद स्मृती माबीकी माधुरी देवी नर्कमी दोश्रो र शिसु कल्याण माबीकी कृती थापा तेश्रो भइन । उनीहरुले क्रमश नगद १०, ७ र ४ हजार प्राप्त गरे । छात्रा तर्फ ५ किलोमिटर दौडमा ३ सय २१ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

४ सय मिटर पुरुष ह्विल चियर दौडमा शुरेस गौली प्रथम, भरत अधिकारी द्वितिय र बल बहादुर रोक्का तृतिय भए । यसै गरि सोही क्याटेगरीमा महिला तर्फ लक्ष्मी सुनार, अन्जु बराल र पुनम बिके क्रमश प्रथम, द्वितिय र तृतिय भए । उनीहरुले क्रमश ५, ३ र २ हजार नगद पाए । पहिलो पटक आयोजना भएको १ सय मिटर दृष्टी बिहिन पुरुष तर्फ दौडमा आशिष खड्गी, दुर्गादत्त पौडेल र राजन चन्द क्रमश, प्रथम द्वितिय र तृतिय भएका छन भने महिला तर्फ मायाँ गौतम, बिपना खनाल र मुना अर्याल क्रमश प्रथम द्वितिय र तृतिय हुँदै नगद क्रमश ५, ३ र २ हजार प्राप्त गरेका छन ।

यस अघि प्रतियोगिताको उद्घाटन गर्दै पोखरामा ‘रन फर फन’ इभेन्टमा प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका मेयर मानबहादुर जीसी लगाएत करिब ३ हजार पोखरेलीहरु रङशालामा संगै दौडिएका थिए । सम्पन्न कार्यक्रममा खेलकुदको क्षेत्रमा विशेष योगदान गरे वापत राष्ट्रिय खेलकुद परिषदका प्रशिक्षण विभागका निर्देशक रिम बहादुर रानाभाट र कास्की जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक अशोक सिंहलाई सम्मान गरिएको थियो । कार्यक्रमलाइ सम्वोधन गर्दै प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमानले खेलकुद बिकासका लागि योजनाका साथ अगाडी बढ्ने बताए । उनले हरेक पालिकामा स्तरयि खेल मैदान निर्माण गर्ने प्रतिवद्धता अनुरुप संघिय प्रदेशले कार्य गर्ने बताए ।

प्रतियोगितामा बिजयी खेलाडीलाई प्रदेश नं ४ संघिय मामिला तथा कानुन मन्त्री हरी बहादुर चुमान, प्रतियोगिताका प्रमुख प्रायोजक संस्था लक्ष्मी हाउस ग््रुपका कार्यकारी अध्यक्ष गणेश बहादुर श्रेष्ठ, सहारा युकेका सल्लाहाकार महेश गुरुङ, दिलराज गुरुङ, सिइओ धनु थकाली, राखेपका विभागिय प्रमुख बाशु देव आचार्य, एडुभेन्चर स्र्पोट्सका निर्देशक शिखर पाण्डे लगाएतले खेलाडीलाई नगद, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रम भुतपूर्व खेलाडी मंचका अध्यक्ष तेज बहादुर गुरुङको अध्यक्षतामा भएको थियो ।

पोखरा म्याराथनको विशेष सहयोगीमा पोखरा लेखनाथ महानगर पालिका रहेको थियो भने सह प्रायोजकमा एड्भेन्चर स्पोर्ट्स नेपाल प्रा.लि., गण्डकी बिकास वैंक लि.,उप प्रायोजकमा लुम्विनी विकास वैंक लि., सहारा युके रहेका थिए । यसै गरि प्राविधिक सहयोगीमा पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समिती, कास्की जिल्ला खेलकुद विकास समिती र साइकल सिटी पोखरा र सहयोगी संस्थामा राष्ट्रिय खेलकुद परिषद, ट्रेनर नेपाल, पोखरा टेलिभिजन लगाएत संस्थाहरु रहेका थिए ।

 

Safal Pokhara International Marathon 2075 Tvc

Let’s join in Safal Pokhara International Marathon 2075. 
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.

दौडौ स्वास्थ्यको लागि

Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.

Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon 
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair 
- Visually impaired

 

 

Like Us - Facebook