पोखरा न्युज – ०७ फागुन । खेलकुद दौडमा पहिलो पटक सहभागि भएका प्रदेश नम्बर ४ का मुख्य मन्त्री पृथ्बीसुब्बा गुरुङ सोमबार पोखरामा दौडीएका छन। सुट वुट सहित सजिएका मुख्य मन्त्री सोमबार पोखरामा आयोजना भएको म्याराथन दौड प्रतियोगिताको अवसरमा आयोजना भएको रन फर रनमा सहभागि हुदै दौडीएका हुन।

भूर्व खेलाडी मञ्च नेपालको आयोजनामा सोमबार र पोखरा रंगशालामा आयोजना भएको उक्त प्रतियोगिताको उद्घाटन पश्चात मुख्य मन्त्री गुरुङले पोखरा रंगशालाको ४ सय मिटर दुरी पार गरेका हुन । उनीसंगै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेत, सांसद दिपक कोइृराला, पोखरा लेखनाथ महानगरपालीकाका मेयर मान बहादुर जिसी, शिक्षा विद जर्जजोन, डा.एलियामा जोन, उद्योगपति गणेशबहादुर श्रेष्ठ, नेपाल उद्योग बाणिज्य महासंघका पुर्व अध्यक्ष आनन्दराज मुल्मी, एसपी असोक सिंह लगायका रन फर रनमा सहभागि भएका हुन।

float:center;

कार्यक्रममा सहभागि भएपछि पत्रकारसंग संक्षिप्त कुराकानी गर्दैै मुख्य मन्त्री गुरुङले दौडमा आफु पहिलो पटक सहभागि भएर धेरै क्षेत्रका व्यक्तिहरुसंगै पोखरा रंगशालामा दौडदा निकै मनोरन्जन र आनन्दको अनुभुति भएको बताए । उनले भने “खेलकुद प्रत्येक नागरिक र घर घरमा सरोकारको बिषय बनाउनु पर्छ, यसमा अब सवैको चासो हुनु पर्छ । ”

यस्तो खेलकुदको गतिविधिले पोखरालाई खेलकुदको शहरको रुपमा स्थापना गर्न थप मद्धत पुग्ने बताउदै मुख्य मन्त्री गुरुङले पोखरालाई खेलकुदको राजधानि बनाउने अभियानमा आफुहरुले समेत सहयोग गर्ने जनाए । उनले भने “ खेलकुदको विकास भन्ने विक्तिकै खेलकुदको पुर्वाधार आवश्यक पर्छ , त्यसको लागि हामीले मन्त्रिपरिषदको पहिलो बैठकबाट बहुउद्धेश्य खेलकुदको लागि भवन बनाउने निर्णय गरेका छौं ।” खेलकुदको विकासको लागि यहाँ स्पोटर्स एकेडेमी आवश्यक भएको उनले बताए ।

 

Safal Pokhara International Marathon 2075 Tvc

Let’s join in Safal Pokhara International Marathon 2075. 
It’s a mega event organised by the Ex- Sportsmen Forum NEPAL every year in Pokhara.
Our objective is to promote Sports Tourism in Pokhara, Nepal.

दौडौ स्वास्थ्यको लागि

Date- Fagun 07, 2075
Venue: start / finish : Pokhara Rangashala.

Pokhara Marathon consists of the following categories
- 42.195 km Full Marathon 
- 10km ( Men & Women )
- 5 km ( U-16 students)
- Wheel Chair 
- Visually impaired

 

 

Like Us - Facebook